जनकपुरधाम उपमहानगरपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह विजयी भएका छन् । साह निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ललितकुमार साहलाई ८ मतान्तरले हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।
बेचनले २९१ र ललितले २८३ मत ल्याए । यसअघि वडा नम्बर–१ को वडाध्यक्षमा कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् ।
वडा नम्बर–२ को वडाध्यक्षमा पनि कांग्रेसकै शिवकुमार साह ६११ मतसहित विजयी भए । त्यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्र साह २७६ मत ल्याएर निर्वाचित भएका छन् । वडा नम्बर(४ को वडाध्यक्षमा कांग्रेसका सुरेश झा पण्डित ८३३ मतका साथ विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।