आइपिएल : पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । ऊ पञ्जाब​ किंग्सलाई १७ रनले हराउँदै विजयी भएको हो ।

जितसँगै दिल्ली अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । 

उसका लागि जितेश शर्माले सर्वाधिक ४४ रनको योगदान दिए । ३४ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे । राहुल चाहरले अविजित २५, जोनी बेरिस्टोले २८ र शिखर धवनले १९ रन जोडे  ।

दिल्लीका शार्दुल ठाकुरले चार, अक्षर पटेल र कुलदीप यादवले दुई/दुई तथा एनरिक नोर्टजेले एक विकेट लिए । ​त्यससअघि मुम्बईस्थित डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा  सात विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

उसका लागि मिचेल मार्शले ६३ रनको अर्धशतकीय पारी खेले । ४८ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे । ​सर्फराज खानले ३२, ललित यादवले २४ र  अक्षर पटेलले अविजित १७ रन बनाए । पन्जाबका लियाम लिभिङ्गस्टोन र अर्शदीप सिंहले तीन/तीन तथा कागिसो रबाडाले एक विकेट लिए ।

यो जितसँगै प्लेअफ सम्भावना कायमै राखेको दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ । पराजयसँगै प्लेअफ सम्भावना कमजोर बनेको पञ्जाब १३ खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ७:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया