बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षमा एमालेका बागी उम्मेदवार विजयी

बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका लोकेन्द्र राना (शितल) लाई पछि पार्दै उनी अध्यक्षमा विजयी भएका हुन् । 

जोशीले ३ हजार १८९ मत प्राप्त गरे भने रानाले २ हजार ६४१ मत प्राप्त गरे । पालिका अध्यक्षमा निर्वाचित जोशी एमालेबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेका थिए । एमालेको युवा संगठन राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका जोशी पार्टीका सबै संगठनबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए ।

पार्टीबाट टिकट नपाएपछि जोशी स्वतन्त्र उम्मेदवार बनेका थिए । यस्तै, उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २ हजार ७७९ मत पाइन् । 

यस्तै, डिलाशैनीका ७ वडा मध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमाले र कांग्रेस दुई÷दुई वडामा विजयी भएका छन् । वडा नं १ मा कांग्रेसका कृष्णकुमार धामी, वडा नं २ मा एमालेका नवराज घरडी, वडा नं ३ मा एमालेका रघुवीर बोहरा, वडा नं ४ मा स्वतन्त्रका हरिदत्त पन्त, वडा नं ५ स्वतन्त्रका यज्ञराज भट्ट, वडा नं ६ मा कांग्रेसका उत्तरबहादुर बोहरा र वडा नं ७ मा स्वतन्त्रका प्रकाशमणी भट्ट विजयी भएका छन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ८:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया