इंग्ल्याण्डको कोलबर्न टाउन काउन्सिलर जगन्नाथ शर्मा फेरि मेयरमा निर्वाचित भएका छन् । गत ५ मेको स्थानीय निर्वाचनबाट निर्वाचित काउन्लिरहरूको सोमबारको बैठकले शर्मालाई सर्वसम्मत मेयरमा निर्वाचित गरेको हो । कोलबर्न टाउनका ११ जना काउन्सिलरबाट उनी सर्वसम्मत मेयर छानिएका हुन् ।
कन्जरभेटिभ पार्टीका उनी उक्त काउन्सिलमा सन् २०१५ देखि २०१६ सम्म उपमेयर र सन् २०१९ देखि २०२० सम्म मेयर थिए । शर्मा सन् २०१२ देखि काउन्सिलर छन् ।
नर्थ योर्कसायर काउन्टी काउन्सिलर ग्रीन पार्टीका केभिन फोस्टरको प्रस्ताव र मेयर पदावधि सकिएर बाहिरिन लागेकी काउन्सिलर एन्जी डेलको समर्थनमा शर्मा मेयर चुनिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।