२९ औं मदन-आश्रित स्मृति दिवस मनाइँदै

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जननेताद्वय मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय निधन भएको आज २९ वर्ष पूरा भएको छ । जजनेता भण्डारीलाई नेपाल कम्युनिष्ट आन्दोलनका नवीन विचारक र सिद्धान्तकारको रूपमा चित्रण गरिन्छ । उनको ३ जेठ २०५० मा चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको थियो । 

निधन भएको तीन दिनपछि उनको शव दुर्घटनास्थलभन्दा केही तल भेटिएको थियो । जीवराज आश्रितको शव भने गाडीमै फेला परेको थियो । घटनाको छानबिनका लागि धेरै आयोगहरू बनेपछि कसैले वास्तविकता ल्याउन सकेनन् । 

लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै भण्डारीले नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे । 
 
यसैबीच, मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई नेकपा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहे पनि कार्य व्यस्तताका कारण उनी कार्यक्रममा उपस्थिति नहुने बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १०:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया