भरतपुरमा अग्रता बढाउँदै रेनु, विजय पछिपछि

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अग्रता कायमै राखेकी छन् । १७ हजार ८ सय ४६ मतगणना हुँदा उनले ५ हजार ९४७ मतसहित अग्रता कायमै राखेकी हुन् ।

त्यस्तै, एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीले ५ हजार ८८८ मत पाएका छन् । रेनु र विजयबीच ५९ मतको अन्तर छ । चारवटा वडाको अन्तिम परिणाम आउँदा रेनु २९ मतले अगाडि थिइन् । 

त्यस्तै, भुइँकटहर चुनाव चिन्हका साथ प्रतिस्पर्धा गरेका बागी उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९०५ मत पाएका छन् । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २ सय ५७ मतसहित अगाडि नै छन् । उनलाई पछ्याइरहेकी राप्रपाकी हिमला गुरुङले ४ हजार ८ सय २२ मत प्राप्त गरेकी छन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १०:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया