कैलालीको चार पालिकामा रेशम चौधरीको पार्टीको अग्रता, पछ्याउँदै कांग्रेस

कैलालीमा १३ स्थानीयमध्ये अहिले ११ पालिकामा मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जिल्लाको चार पालिकामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका उम्मेदवार अगाडि देखिएका छन् । थारू समुदायको बढी बसोबास भएको टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा नागरिक उन्मुक्तिका उम्मेदवार अगाडि देखिएका हुन् ।

यस्तै, गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् । गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा माओवादी केन्द्र, बर्दगोरिया गाउँपालिकामा एमाले र घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । उनी गठबन्धनका उम्मेदवार नृपबहादुर वडभन्दा ३२ सय बढी मतले अगाडि छन् । 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १२:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया