भरतपुरमा रेनुले बढाइन् मतान्तर, जगन्नाथले कटाए ३ हजार मत

चितवनको भरतपुरमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । वडा नम्बर ५ को मतगणना जारी रहँदा उनी ९२ मतले अगाडि रहेकी हुन् ।

१८ हजार ५८३ मत गणना सकिँदा रेनुले ६ हजार २०७ र उनलाई पछ्याइरहेका एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीले ६ हजार ११५ मत प्राप्त गरेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३३ मत ल्याएका छन् । 

त्यस्तै, उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ७५५८ मत ल्याएका छन् । त्यस्तै, हिमला गुरुङले ५ हजार १० मत प्राप्त गरेकी छन् । 
 





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १२:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया