महिला टी-२० सिरिज : युगाण्डाविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा युगाण्डाविरुद्ध नेपाली टिमले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

नेपाल र युगाण्डाबीचको खेल केही बेरपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।  नेपाल आजको खेल जित्दै सिरिजलाई १–१ को बराबरीमा ल्याउने सोचमा छ । युगाण्डा पनि जित हात पार्दै सिरिजमा २–० अग्रता लिन चाहन्छ ।

पाँच खेलको सिरिजअन्तर्गत पहिलो खेलमा युगाण्डा १२ रनले विजयी भएको थियो । नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ । ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापाको ठाउँमा सीता रानामगर, काजल श्रेष्ठ र सरिता मगरले टोलीमा स्थान बनाएका छन् ।  

नेपालको प्लेइङ–११ : रुबिना क्षेत्री (कप्तान), इन्दु वर्मा, कविता कुँवर, अप्सरी बेगम, सीता रानामगर, कोजल श्रेष्ठ (विकेटकिपर), कविता जोशी, सरिता मगर, सबनम राई, डोली भट्ट, विन्दु रावल ।  





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १२:५९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया