गठबन्धन घटकले हामीसँग सहकार्य गर्न चाहेनन्, गम्भीर समीक्षा गर्नेछौँ : माधव नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समीक्षा गर्नुपर्ने बताएका छन् ।

मंगलबार २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन् । 

उनले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए । उनले पार्टीले अपेक्षा गरेअनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरुले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको उल्लेख गरे ।

'गठबन्धन दलका सदस्यहरुले हामीसँग सहकार्य गर्न चाहेनन् । हाम्रा आफ्नै कुराहरु होलान् । अरुका आफ्नै गुनासाहरु होलान् । जे सुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ । यो पार्टीलाई जनताको माझमा क्रियाशील गर्नुपर्ने छ,’ उनले भने ।

उनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट ५०० सदस्यले जितेको बताए । उनले सयको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका तर्क गरे । 

'झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ । कतिपय ठाउँहरुमा राम्रै अवस्था पनि छ । अझैपनि कतिपय ठाउँहरुमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ,' उनले भने ।



उनले पार्टीलाई वैचारिक रुपमा दह्रो बनाउनुपर्ने बताए । अध्यक्ष नेपालले पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशील गराउन नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।



  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १३:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया