कैलालीको बर्दगोरियामा एमालेका कुँवर विजयी, उपाध्यक्षमा माओवादी

कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन्  । उनी ५ हजार ८४२ मतका साथ पालिका उपाध्यक्षमा विजयी भए ।

कुँवरका निकटतम् प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याए । एमालेले बर्दगोरियासहित चुरे गाउँपालिका अध्यक्ष पनि जितेको छ छ । 

बर्दागोरियामा उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन् । गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी इन्दु कठरीयाले ४ हजार २५५ मत ल्याइन् ।  





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १३:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया