डडेल्धुराका चार पालिकामा कांग्रेस र दुईमा माओवादी केन्द्र विजयी
फरकधार / ३ जेठ, २०७९
फाइल तस्वीर

डडेल्धुराका सातवटा स्थानीयतहमध्ये ६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । यी ६ मध्ये चार वटामा कांग्रेस विजयी भएको छ भने दुईमा नेकपा (माओवादी केन्द्र) विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । 



जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका–१० वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् । प्रमुखमा जोशीले तीन हजार ६१९ र उपप्रमुखमा झुकालले तीन हजार ६७८ मत ल्याई विजयी भए । अमरगढीमा नौ हजार ७९२ मत खसेको थियो ।

त्यसैगरी जिल्लाको भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसकै हेमराज चटौत र पुष्पा ठकुराठी क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी भए । भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मतल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार रामबहादुर शाहीलाई एक हजार २३३ मतान्तरले पराजित गरे । 



पराजित रामबहादुर शाहीले एक हजार ७८ मत ल्याएका छन् भने उपाध्यक्षमा पुष्पा ठकुराठीले दुई हजार ३४८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका गीता भट्टले ८३२ मत ल्याए । भागेश्वरमा कांग्रेसले चार वडासहित पालिकामा छ । 



त्यसैगरी गन्यापधुरा गाउँपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका इन्द्र कार्की र ज्ञानु सेठी विजयी भएका छन् । नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले दुई वडासहित अध्यक्ष उपाध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र निर्मला विष्ट बोगटीले जित हासिल गरेका छन् । 

अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रसाद भट्ट विजयी भए । भट्ट दोस्रो कार्याकालका लागि पुनः विजयी भएका हुन् । अजयमेरु गाउँपालिकाका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार उमेशप्रसाद भट्ट दुई हजार ४६९ मत ल्याई विजयी भएका हुन् । उपाध्यक्षमा भने कांग्रेसका उमेदवार वसन्ती पालले दुई हजार ५६५ मतल्याई विजयी भएका छन् ।

  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १५:४१:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया