पोखरा महानगरमा कृष्ण थापाभन्दा धनराज आचार्य १५५७ मतले अगाडि

कास्कीको पोखरा महानगरपालिकाको मत गणना जारी छ । अहिलेसम्म पोखरामा २४ हजार १६० गणना भएको छ ।

ताजा मतपरिणामअनुसार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । 

उनी १०,१५७ मतसहित अग्र स्थानमा रहँदा एमालेका कृष्णबहादुर थापा ८६०० मत पाएका छन् । थापाभन्दा आचार्य १५५७ मतले अगाडि छन् ।

त्यस्तै, राप्रपाका शंकर खरालले ११३१ मत पाउँदा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५८६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका उम्मेदवारको अग्रता छ । उपमेयरमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी कोपिला रानाभाट १०,५२१ मतसहित अग्र स्थानमा छिन् । 

उनलाई पछ्याइरहेकी एमालेकी मञ्जुदेवी गुरुङ ९७६६ मत पाउँदा राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले ९६० मत पाएकी छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १६:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया