एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए ।
‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू ब्यूँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।