महिला टी–२० सिरिज : नेपालमाथि युगान्डाको रोमाञ्चक जित

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा पनि युगाण्डा विजयी भएको छ । उसले आज सम्पन्न खेलमा घरेलु टोली नेपालमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।  

१०२ रनको लक्ष्य युगान्डले एक बल बाँकी छँदा नौ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि रिता मुसामालीले सर्वाधिक ३०, फ्रान्कलिन नाजुम्बाले १९ र जेनेट एम्बाबाजीले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि कविता कुँवर र सबनम राईले दुई/दुई तथा रुबिना क्षेत्री र सीता राना मगरले एक/एक विकेट हात पार्दा तीन विकेट रन आउटका रुपमा प्राप्त भयो । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६, सरिता मगरले २२ र कप्तान रुबिना क्षेत्रीले १७ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगान्डाका लागि जेनेट एम्बाबाजीले दुई तथा कोन्सी अवेको एभलिन एनिपो र रिता मुसामालीले एक–एक विकेट हात पार्दा दुई विकेट रन आउटका रुपमा प्राप्त भयो । 



यो जितसँगै युगान्डा पाँच खेलको सिरिजमा २–०ले अघि बढेको छ । उ पहिलो खेलमा १२ रनले विजयी भएको थियो । तेस्रो खेल विहिबार हुनेछ । 



  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १६:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया