धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना कार्य स्थगित भएको छ ।
दलका प्रतिनिधिहरुले मतगणनाको विषयमा विवाद सिर्जना गरेकोले मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिए ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत वडा नम्बर–५ को क्षीरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा दलका प्रतिनिधिले सो विषयमा विवाद सिर्जना गरेकोले सहज ढंगले मतगणना कार्य अगाडि बढाउन सकिने अवस्था नभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत बस्नेतले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।