भरतपुर महानगर अपडेट : रेनु २७३ मतले अगाडि
फाइल तस्वीर

स्थानीय तह निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मत गणना जारी छ । 

अहिलेसम्म २० हजार २ सय ८८ मत गणना हुँदा  गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा २७३ मतले अगाडि छिन् ।

उनले ६८७० मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६५९७ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३५३ मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ३५३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार ४३४ मत पाएकी छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १७:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया