छबिसपाथिभेराको अध्यक्ष/उपाध्यक्षमै गठबन्धन विजय, एमाले एक वडा सदस्यमा सीमित

बझाङको छबिसपाथिभेरा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका बसन्त चलाउने विजयी भएका छन् । आज सम्पन्न मतगणनामा गठबन्धनका साझा उम्मेदवार रहेका उनी नेकपा एमालेका उम्मेदवारलाई १ हजार ७६० मत अन्तरले अध्यक्षमा हराउँदै विजयी भएका हुन् ।

चलाउनेले ३ हजार ६८४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद भट्टले १ हजार ९ सय २४ ल्याए ।  त्यस्तै, उपाध्यक्षमा पनि गठबन्धनबाट चुनाव लडेका नेकपा एकीकृत समाजवादीका लछिमन बोहरा निर्वाचित भए ।

उनी ३ हजार ३ सय ४७ मत ल्याउँदै गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका हुन् । बोहराका प्रतिस्पर्धी एमालेका देवकी बुढाले १ हजार ८ सय ९२ मत प्राप्त गरिन् । छसिबपाथिभेरामा यसपालि एमालेको नतिजा निकै खराब आयो ।

०७४ मा पालिका अध्यक्ष/उपाध्यक्षसहित पाँच वडा जितेका उसले यसपालि भने एउटा पनि वडा जित्न सकेन । एमालेले योपटक गाउँपालिकाभर एउटा वडा सदस्य मात्र जित्न सक्यो । एमालेबाट यो पालिकामा वडा नम्बर १ मा खुला सदस्यबाट दिनेश धामी मात्र विजयी भए ।

सात वडामध्ये १ र ३ मा नेपाली कांग्रेस, वडा नं. ४ र ५ एकीकृत समाजवादी, वडा नं. २ र ७ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं. ६ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।   





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १८:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया