सुर्खेतको बराहतालमा कांग्रेस विजयी

सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्ष तथा अपाध्यक्ष, दुवै पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भीमबहादुर भण्डारी विजयी भएका हुन् । भण्डारी नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । 

भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेले ३५५५ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । पुनमगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् । विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।

यसैगरी वडामध्ये १ मा बलबहादुर बडुवाल (नेकपा माओवादी केन्द्र), २ मा भमिबहादुर साउद (नेकपा एमाले), ३ मा शेरबहादुर पुन (नेपाली कांग्रेस), ४ मा विर्खबहादुर बडुवाल (नेकपा माओवादी केन्द्र), ५ मा धिमराज जोल्मी (नेपाली कांग्रेस), ६ मा नमराज शर्मा (नेपाली कांग्रेस), ७ मा कुलबहादुर बुचा (नेकपा एमाले), ८ मा केशरबहादुर कार्की (नेकपा एमाले), ९ मा युवराज पुलामी (नेकपा एमाले) र १० मा हरिलाल सलामी (नेकपा एमाले) विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १९:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया