जयपृथ्वी नगरपालिकाको मत गणना जारी छ । आइतबार साँझ ९ बजेबाट सुरु भएको मतगणना कार्य अझै जारी रहेको छ । ११ वडा वडा रहेको जयपृथ्वी नगरपालिकाका ८ वडा वडाको नतिजा सार्वजनिक भइसकेको छ, भने दुईवटा वडाको मतगणना जारी छ ।
अहिले जयपृथ्वी नगरपालिका वडा नं ६ र ७ को मतगणना भइरहेको छ, भने अन्य वडाको मतपरिणमा सार्वजनिक भइसकेको छ । जयपृथ्वीका ९ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा तीनवटा वडामा नेकपा एमाले, दुईवटा वडामा नेकपा एकीकृत समाजवादी, दुई वडामा स्वतन्त्र उम्मेदवार र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
जयपृथ्वी नगरपालिका वडा नं २, ८ र ११ मा नेकपा एमाले विजयी भएको छ, भने वडा नं ३ र ९ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । वडा नं ४ र १० मा नेपाली कांग्रेस विजयी भएको छ । त्यसैगरी, वडा नं १ र ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अहिलेसम्म जयपृथ्वी नगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चेतराज बजाल अग्रस्थानमा देखिएका छन् । बजालले अहिलेसम्म ४ हजार १ सय ३६ मत पाएर अग्रता कायम राखेका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरतबहादुर सिंहले २ हजार ७ सय ९० मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।