हेटौँडामा मतगणनाको क्रममा एक मतदाताले मतपत्रमा ‘नो भोट’ लेखेको पाइएको छ । हेटौँडा ४ को मतगणना भइरहेको समयमा एक मतपत्रमा ‘नो भोट’ लेखिएको पाइएको हो । उक्त वडाको १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र भेटिएको हो ।
मतदाताले मत पत्रलाई ‘क्रस’ चिह्न प्रयोग गरी अंग्रेजीमा ‘नो भोट’ लेखेको पाइएको छ । पछिल्लो समयमा ‘नो भोट’को माग बढिरहेको अवस्थामा हेटौँडामा भेटिएको उक्त मतपत्रले आगामी निर्वाचनमा ‘नो भोट्स राइट्स’बारे सोच्न बाध्य बनाएको मतगणनामा सहभागीको भनाइ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।