मध्यपुर थिमीबाट नेमकिपाले खोल्यो खाता

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा खाता खोलेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा उक्त पार्टीका वडा अध्यक्षका उम्मेदवार रमेश थापा श्रेष्ठ विजयी भएका हुन् । 

उनका साथै उनको पार्टीबाट अन्य तीनजना सदस्य पनि विजयी भएका छन् । एकजना सदस्य भने नेपाली कांग्रेसबाट विजयी भएका छन् । 

थापाले एक हजार दुई सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडा अध्यक्षले एक हजार ४५ मत पाएका छन् । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवारले तीन सय ८९ मत पाएका छन् । 

त्यहाँ तीन हजार तीन मत खसेको थियो । अघिल्लो स्थानीय निकायको निर्वाचनमा पनि सो वडामा नेमकिपाले नै वडा अध्यक्षसहित सबै पद जितेको थियो ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २०:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया