जनकपुरधाम–६ मा कांग्रेसका साह प्यानलसहित निर्वाचित
फरकधार / ३ जेठ, २०७९

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । नेपाली कांग्रेसको वडाध्यक्षका उम्मेदवार दिनेश साह प्यानलसहित निर्वाचित भएका हुन् ।



साह ५० मतको अन्तरले निर्वाचित भएका छन् । साहले ३३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका उम्मेदवार ध्रुवकुमार साह २८१  मतमा सीमित भए । त्यस्तै, जसपाका बच्चा कवाडीले २४५ मत ल्याएका छन् । 

यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर–२ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भइसकेका छन् ।



त्यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका हुन् भने वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।



त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर निर्वाचित भइसकेका छन् ।

  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २०:३५:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया