काठमाडौं महानगरमा बालेनभन्दा स्थापित ६ हजार मतले पछि

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । 

अहिलेसम्म ३३ हजार दुई सय २२ मत गन्दा साहले १२ हजार आठ सय ७७ मतसहित अग्रता लिइरहनुभएकाे हाे । 

काठमाडौं महानगरमा अहिलेसम्म ३३ हजार २२२ मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । 

उनले आफ्ना निकटम प्रतिद्वन्‍द्वीभन्दा ६ हजार ८७८ मतान्तरले अगाडि छन् । उनले १२ हजार ८७७ मत ल्याउँदा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६८७८ मत प्राप्त गरेका छन् । 

त्यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत पाएकी छन् ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । 



अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् । 

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।



  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २०:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया