आठ वडासहित सुर्खेत लेकवेशीको प्रमुखमा कांग्रेस, दुई वडासहित उपप्रमुखमा एमाले

सुर्खेतको लेकवेशी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेद्वार उमेशकुमार पौडेल नगरप्रमुख निर्वाचित भएका छन् । यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की विमला खल्डुक निर्वाचित भएकी छिन् ।

लेकवेशी नगरपालिकाको वडातर्फ १ मा हरिमान घले (नेपाली कांग्रेस), २ मा चन्द्रबहादुर बुढा (नेपाली कांग्रेस), ३ मा लीलाराम अधिकारी (नेपाली कांग्रेस), ४ मा लोकेन्द्र थापा (नेपाली कांग्रेस), ५ मा चक्रबहादुर शाही (एमाले), ६ मा प्रतिमान वाँकावल (नेपाली कांग्रेस), ७ मा रुद्रबहादुर नेपाली (एमाले), ८ मा टीकाराम छन्तेल (नेपाली कांग्रेस), ९ मा मानबहादुर सोमै (नेपाली कांग्रेस) र १० मा पर्शुराम भन्डारी (नेपाली कांग्रेस) विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २१:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया