मनरा सिस्वा–५ को वडाध्यक्षमा जसपाका अन्सारी निर्वाचित

जनकपुरधाम, ३ जेठ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर–५ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।

जसपाको वडाध्यक्षका उम्मेदवार हदिस अन्सारी निर्वाचित भएका हुन् ।

अन्सारी ४६१ मतको अन्तरले निर्वाचित भएका छन् । अन्सारीले ७९३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र यादव ३३२ मतमा सिमित भए ।

त्यस्तै, लोसपाका समसाद अन्सारीले २१४ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रताद साहले भने १७४ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २१:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया