हेटौँडा उपमहानगरपालिकामा राप्रपाको पुनः अग्रता

हेटौंडा उपमहानगरपालिकामा राप्रपाले पुनः अग्रता लिएको छ । प्रारम्भिक मतगणनाअनुसार २७ हजार ४६२ मत गणना हुँदा राप्रपा अगाडि बढेको हो । 

राप्रपा ४८ मतले अगाडि रहेको छ । राप्रपाका उम्मेदवार दीपक सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ७ हजार १३१ मत प्राप्त गरेका छन् ।

हालसम्म हेटौँडाको चारवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्म हेटौँडाको २ वटा वडामा कांग्रेस र २ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हाल हेटौंडामा आठवटा वडाको मतगणना भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २१:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया