काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन् । उनी नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १७४ मतान्तरले पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।
अधिकारीले १० हजार ३ सय ४० मत ल्याए । उनकी प्रतिस्पर्धी कांग्रेसकी थापाले १० हजार १ सय ७७ मत प्राप्त गरिन् । अधिकारी दोस्रो कार्यकालका लागि टोखाको मेयरमा निर्वाचित भएका हुन् ।
त्यतिबेला उपमेयरमा पराजित कांग्रेसकी थापा यसपालि मेयर उम्मेदवार बनेकी थिइन् । नगरपालिका उपमेयरमा भने कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भए ।
उनी १० हजार १ सय ३२ मतका साथ उपमेयरमा निर्वाचित भएका हुन् । तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।