जयपृथ्वी नगरपालिकाको मेयरमा बजाल र उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विजयी

बझाङको जयपृथ्वी नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा नगरप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चेतराज बजाल विजयी भएका छन् । 

उनी ४ हजार ९ सय ७० मतका साथ मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरतबहादुर सिंहले ३ हजार ४ सय ९९ मत पाए । मेयरमा विजयी बजाल अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

यसपालि भने बजाल एमालेका मेयर प्रत्यासीभन्दा १ हजार ४ सय ७१ बढी मत ल्याउँदै विजयी भए । त्यस्तै, राप्रपाका मेयर उम्मेदवार कर्णबहादुर खड्काले ४३ मत पाए ।  

नगर उपप्रमुखमा गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका रतन सिंह ४ हजार ६२७ मतका साथ उपमेयरमा विजयी भएका हुन् । उनकी निटकतम प्रतिद्वन्द्वी एमालेकी जमुना चन्दले ३ हजार ३ सय ९१ मत ल्याइन् ।

जयपृथ्वी नगरपालिकाको ११ वटा वडामध्ये तीनमा एमाले दुई–दुईमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । जयपृथ्वीको २ वडामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भए । 

एमालेबाट जयपृथ्वी–२ मा कलक खड्का, वडा नं. ८ मा लोकेन्द्र बोहरा र वडा नं. ११ मा सर्जन थापा विजयी भए । कांग्रेसबाट जयपृथ्वी–४ मा ईश्वर खाती र वडा नं. १० मा पुष्पबहादुर सिंह तथा माओवादी केन्द्रबाट वडा नं. ६ मा नरेन्द्रबहादुर सिंह र वडा नं. ७ मा शिवराज जोशी विजयी भए । 



त्यस्तै, समाजवादीबाट वडा नम्बर ३ मा गंग खड्का र ९ मा गोपाल खड्का विजयी भएका छन् । वडा नं १ मा डम्बरबहादुर सिंह र वडा नं. ५ मा प्रेम थापा भने स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भए ।  



  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ८:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया