ललितपुर महानगर : चिरिबाबुको फराकिलो अग्रता, एमालेका ब्यन्जनकार दोब्बर मतले पछि

ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायमै राखेका छन् । २१ हजार ४२७ मत गणना गर्दा उनले ११ हजार ९२० मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याइरहेका नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ५ हजार ५७० मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा एमालेकी मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याएका छन् । ललितपुर महानगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रूपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् । 

त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत ल्याएका छन् ।  
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ९:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया