जुम्लाको तिला गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा माओवादीका रोकाया र बुढा विजयी
फरकधार / ४ जेठ, २०७९

 
 



जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन् । रोकाया कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । 

उनले १ हजार ९ सय ३६ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज उपाध्याय १ हजार ९ सय  १५ मत प्राप्त गरे । 



त्यस्तै, उपाध्यक्षतर्फ माओवादी केन्द्रकी बुढाले २ हजार ४ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले १ हजार ८ सय  ७ मत ल्याइन् । 



०७४ को निर्वाचनमा तिला गाउँपालिकामा एमालेबाट रतन नाथ योगी अध्यक्षमा विजयी भएका थिए । माओवादी केन्द्रकै विष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थिइन् । यसपटक तिला गाउपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।  

  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ९:५३:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया