नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद् अवरुद्ध नगर्ने नेकपा एमालेको निर्णयको प्रशंसा गरेका छन् ।
आफूले कारबाही गरेका सांसदको पद खारेजी गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले लामो समयदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको थियो । तर, मंगलबारदेखि भने उसले संसदमा नाराबाजी गर्न छाड्यो ।
एमालेको यही कदमबारे नारायणकाजीले भनेका छन्, ‘अन्ततः एमालेले लामो निरर्थक संसद् अवरोध अन्त्य गर्यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पर्थ्यो । ढिलै भए पनि विवेकले काम गर्यो । राम्रो गर्यो ।’
उनले यसरी नै एमालेले आत्मसमीक्षा गर्न सके वाम आन्दोलनको हितमा हुने पनि उल्लेख गरेका छन् । ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतमा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं,’ नारायणकाजीले फेसबुकमा लेखका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।