सुदूरपश्चिमका मुख्यमन्त्रीको गृहपालिकामा कांग्रेसका उम्मेदवार भारी मतले निर्वाचित

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनी ४२६२ मतसहित पालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

शाहीका प्रतिस्पर्धी माओवादी केन्द्रका केशवनाथ योगीले ३६२ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा पनि कांग्रेसकै मीनादेवी विष्ट विजयी भएकी छन् । उनी ४०७२ मतसहित विजयी भएकी हुन् । 

विष्टकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन् । केआईसिंह एकीकृत समाजवादीकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीको गृहपालिका पनि हो । 

केआईसिंहमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो । गाउँपालिकाका सात ओटा वडामध्ये चारमा कांग्रेस, एक/एक वडामा समाजवादी, माओवादी र राप्रपाका उम्मेदवार विजयी भएका छन् ।

डोटीका नौमध्ये आठ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा ६ पालिकामा कांग्रेस विजयी भएको छ । एमाले र माओवादीका उम्मेदवार एक÷एक पालिकामा विजयी भएका छन् ।
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १०:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया