काठमाडौं महानगर : बालेनले कटाए १६ हजार मत, स्थापित ८३४५ मतका साथ दोस्रोमा

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले १६ हजार मत कटाएका छन् । उनले ४१ हजार ८०८ मत गणना हुँदा १६ हजार ५२ मत प्राप्त गरेका हुन् । 

बालेनले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर प्रत्यासी केशव स्थापितले ८ हजार ३४५ मत पाएका छन् । शाह र स्थापितबीचको मतान्तर ७ हजार ७०७ रहेको छ । 

तेस्रो स्थानमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत ल्याएकी छन् । स्थापित र सिंहबीचको मतान्तर ८३४ रहेको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १०:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया