आफ्नो ‘राजनीतिक गुरु’ को प्रतिनिधि बस्न ललितपुरको मतगणनास्थल पुगे बालेन

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिका–१० का वडाध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् । 

वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागी हुन पुगेका हुन् । बालेनले नरसिंह व्यन्जनकारलाई आफ्नो ‘राजनीतिक गुरु’ मान्ने गरेका छन् । 

उनी काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् । यो समाचार तयार पार्दासम्म उनले १६ हजार ५३७ मत ल्याएका छन् । 
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १२:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया