सिके राउतको जनमतले नगरपालिकामा खाता खोल्यो, हनुमाननगर कंकालिनीको मेयरमा माझी विजयी

डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले पालिकामा खाता खोलेको छ । उसले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जित्दै खाता खोलेको हो । 

हनुमाननगर कंकालिनीको मेयरमा वीरेन्द्र माझी ६ हजार ४०७ मत ल्याउँदै निर्वाचित भए ।  उनका निकटतम प्रतिद्वन्द्वी जसपाका शैलेशकुमार साह ६२४६ मत ल्याए । निवर्तमान नगर प्रमुखसमेत रहेका साहलाई माझीले १६१ मतको अन्तरले हराएका हुन् । 

साह मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरासमेत हुन् । त्यस्तै, नगर उपप्रमुखमा जसपाकी सरिता देवी यादव सिपालिया ६ हजार ५१२ मतका साथ विजयी भइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डल ५ हजार ९८२ मत ल्याइन् । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १२:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया