महोत्तरी गाउँपालिका अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित

महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टीका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका छन् ।

बुधबार सार्वजनिक मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिपकुमार पाण्डे निर्वाचित भएका हुन् । उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अजयजंग रायले २ हजार २०८ मत ल्याए । 

यस्तै, उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान निर्वाचित भएकी छन् । उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्द्वी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन् । 

गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १३:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया