जनकपुरधाम-४ मा लुटपाटपछि घरमा आगजनी, ५० लाख बढीको क्षति
फरकधार / ४ जेठ, २०७९

अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित एक घरमा लुटपाट गरी आगजनी गरेको छ । अज्ञात समूहले कटैया चौरीस्थित स्थानीय अजय साहको घरमा लुटपाट गर्दै आगजनी गरेको हो । 



साहको घरमा मनरा शिस्वा नगरपालिका–९ बथनाहाका राजकुमार झा परिवारसहित बस्दै आएका थिए । आगजनीमा परी तीन वटा एसी, फ्रिज, लत्ताकपडा, अलमिरा , सोफासेट, एलइडीलगायतका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका छन् । 

आगजनीमा कोठाको झ्याल, ढोका भेन्टिलेटर लगायतका सामानहरूसमेत जलेको छ । आगजनीअघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद, पाँच तोला सुनको गहना, १० तोला चाँदीको गहना तथा केही अन्य सामानहरु चोरेर लगेको छ । 



घटना राति भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीले देखेपछि झाको परिवारजनलाई खबर गरेका थिए । झा अहिले भारत तर्फ तीर्थयात्रामा गएको बेला घरमा कोही नरहेको समयमा बाहिर ग्रीलको ताल्चा काटेरभित्र पट्टि फ्ल्याटको ढोका तोडेर लुटपाट मचाउँदै आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 



  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १३:२८:११,   अन्तिम अपडेट : जेठ ४, २०७९ बुधबार १३:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया