एमालेले वडाध्यक्षले जितेको काठमाडौं ३ मा बालेनलाई स्थापितको भन्दा दोब्बर मत

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिले उल्लेख्य अग्रता हासिल गरिसकेका छन् । अहिलेसम्म उनले पाएको मत उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको भन्दा १० हजारभन्दा बढीले धेरै भइसकेको छ ।

मतगणना सम्पन्न भइसकेका काठमाडौंका वडाहरु १, २, ३ र ५ मा बालेन शाहले स्थापितको भन्दा धेरै मत ल्याएका छन् ।

वडा नम्बर ३ मा एमालेका वडाध्यक्ष प्रेम थापाले २१ सय ३८ मत ल्याएर जित दर्ज गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश अधिकारीले १४ सय ९१ मत प्राप्त गरेका छन् । 

तर, यही वडामा बालेन शाहले एमाले उम्मेदवार स्थापित र नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहको भन्दा धेरै मत ल्याएका छन् । 

बालेनले यो वडामा ल्याएको मत स्थापितको भन्दा दोब्बर छ । यो वडामा स्थापितले १२०३ मत ल्याएका छन् । त्यस्तै, सिर्जना सिंहले ११७० मत ल्याएकी छिन् । 

यही वडामा बालेन शाहले भने २४०६ मत ल्याएका छन् ।



काठमाडौंमा मत गणना सकिएका अरु वडामा पनि बालेनले स्थापित र सिर्जना सिंहको भन्दा धेरै मत ल्याएका छन् ।

वडा नम्बर १ मा बालेन शाहले ७ सय ८३ मत ल्याएका छन् भने केशव स्थापितले ३६५ र सिर्जना सिंहले ४५१ मत ल्याएका छन् ।



त्यस्तै, वडा नम्बर २ मा बालेनले १२१५ मत ल्याएँदा केशव स्थापितले ७२८ र सिर्जना सिंहले ४९७ मत ल्याएका छन् । 

वडा नम्बर पाँचको पनि मतगणना सकिएको छ । यो वडामा पनि बालेन शाहले १५०१ मत ल्याउँदा केशव स्थापितले १०६६ र सिर्जना सिंहले ७२७ मत ल्याएका छन् । 

गणना भइरहेका वडाहरु ४, ६, ७, २९, ३०, ३१, ३२ मा पनि बालेन शाहले अन्य दुई उम्मेदवारको भन्दा बढी मत ल्याएका छन् । 

वडा नम्बर ३२ मा त अहिलेसम्म गणना भएका मतमध्ये बालेनले ३४१२ मत ल्याएका छन् भने केशव स्थापितले १५८३ र सिर्जना सिंहले १२३२ मत मात्र ल्याएकी छिन् ।

  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १३:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया