रुकुम पश्चिमको चौजहारीको मेयरका माओवादीबाट पुष्प वादी निर्वाचित
फरकधार / ४ जेठ, २०७९

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र निर्वाचित भएको छ । नगरपालिकाको प्रमुख पदमा पुष्प वादी (६,८८२) र उपप्रमुख पदमा इश्वरीकुमारी शर्मा (७,००३) विजयी भएका हुन् ।



उनीहरू दुवैजना माओवादी केन्द्रका उम्मेदवार हुन् ।

यसैगरी वडा तर्फ वडा नं. १ मा इन्द्रे गिरी, २ मा वीरबहादुर राना, ३ मा लालबहादुर बुढा, ४ मा गोपालबहादुर भण्डारी, ५ मा खुमबहादुर खड्का, ७ मा भीमप्रसाद जैसी  ८ मा शसिराम बिक, १० मा वीरेन्द्र रोकाय, ११ मा तुल्से वली, १२ मा टीकाराम ओली, १३ मा श्रीकृष्ण शर्मा माओवादी केन्द्रबाट विजयी भएका छन् ।



त्यस्तै, ६ मा जयप्रकाश बोहरा नेपाली, ९ मा नरबहादुर मल्ल र १४ नम्बर वडामा थलबहादुर कुँवर नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । 



  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १३:३७:१४,   अन्तिम अपडेट : ५ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया