मलंगवाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
फाइल तस्वीर

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा ४ हजार ६३९ बढी मत ल्याएर कांग्रेसका नागेन्द्रप्रसाद यादव नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

यादवले ९ हजार ७८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का निरसल साहले चार हजार ६३९ मत मात्रै ल्याएका छन् ।

नगरप्रमुखमा पराजित साह मलंगवाको निवर्तमान नगरप्रमुख थिए । यो पटक कांग्रेसबाट टिकट नपाएपछि साह जसपामा प्रवेश गरेर टिकट लिएका थिए ।

यस्तै, उपप्रमुखमा कांग्रेसकी शकुन्तलादेवी साह निकटतम प्रतिस्पर्धी भन्दा चार मत मात्रै बढी ल्याएर विजयी भइन् । साहले ५ हजार १४३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) की पानोदेवीले ५ हजार १३९ मत पाइन् ।

सर्लाहीमा अहिलेसम्म १० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १० पालिकामा मतगणना जारी छ । मतगणना सार्वजनिक भएका १० पालिकामध्ये ८ पालिकामा कांग्रेस र दुईवटा पालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १४:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया