पर्साको कालिकामाई अध्यक्ष निर्वाचित भए जसपाका २१ वर्षे बशिष्ट कुमार

पर्सामा २१ वर्षीय युवा गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

पर्साको कालिकामाई गाउँपालिकामा राष्ट्रिय जनता पार्टी (जसपा) उम्मेदवार बशिष्ट कुमार गुप्ता अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरे । 

गुप्ताले ३ हजार ७१९ मत ल्याएर भने उनका प्रतिद्वन्द्वी अजयकुमारले ३ हजार ६०५ मत पाए ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी ६२ वर्षीया राजमति बैरनी निर्वाचित भएकी छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १५:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया