बूढानीलकण्ठको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौंको बूढानीलकण्ठमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका मिठाराम अधिकारी र र उपमेयरमा एमालेकै अनिता लामा निर्वाचित भएका हुन् ।

बुधबार दिउँसो सम्पन्न मतगणनामा अधिकारी १४ हजार २५० मतसहित मेयरमा निर्वाचित भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत पाए ।

उपमेयरमा निर्वाचित अनिताले १४ हजार ३१४ मत पाउँदा प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत पाइन् ।

 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १६:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया