ललितपुरमा २३ हजार ५६२ मत गर्दा चिरिबाबुको १२८५८, हरिकृष्णको ६४४०
फाइल तस्वीर

ललितपुर महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

२३ हजार ५६२ मतगणना हुँदा उनले १२ हजार ८५८ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्‍जनकारले ६ हजार ४४० मत प्राप्त गरेका छन् भने राप्रपाका अस्थ महर्जनले १ हजार ५५ मत पाएका छन् ।

उपमेयरमा एमालेकी मञ्‍जली शाक्यले ६ हजार ७७७ मत पाएर अग्रता कायम गरेकी छन् । 

उनलाई नेकपा एकीकृम समाजवादीका उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले ५ हजार ३९ मतसहित पछ्याइरहेका छन् । राप्रपाकी स्वर्निमा शाक्यले १ हजार ९२१ मत ल्याएकी छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १६:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया