कैलालीको चुरेका नवनिर्वाचित अध्यक्ष बोगटीद्वारा शपथग्रहण

कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । 

कैलाली जिल्ला अदालतमा बुधबार आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द परेरूले नवनिर्वाचित अध्यक्ष बोगटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

बोगटी यसपटक कैलालीमा सपथ ग्रहण गर्ने पहिलो नवनिर्वाचित पालिका प्रमुख हुन् । उनले गाउँ पालिकामा गठबन्धनकातर्फबाट एकीकृत समाजवादीका लोकबहादुर सारुलाई २४ मतले पराजित गरेका थिए । 

बोगटी ३ हजार ३ सय ५ मत ल्याए भने सारुले ३ हजार २ सय ८१ मत प्राप्त गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १७:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया