मधेश प्रदेशमा पनि कांग्रेस अगाडि, कुन दलले कति पालिका जिते ?

३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रममा छ । अहिलेसम्म ७ सय ५३ स्थानीय तहमध्ये ४ सय ५० भन्दा बढी स्थानीय तहमा अबको पाँच वर्षमा कसको नेतृत्व हुने भन्ने टुंगो लागिसकेको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म देशभरमा नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा नेतृत्व लिइसकेको छ । २ सयभन्दा बढी स्थानीय तहमा जीत दर्ज गरेको कांग्रेसपछि नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरेको छ ।

पछिल्लो तथ्यांक र मत परिणामअनुसार कांग्रेसले प्रदेश १ मा सबैभन्दा धेरै ४८ स्थानमा पालिका प्रमुखमा जित दर्ज गरेको छ । प्रदेश १ को महानगर विराटनगर महानगरमा पनि कांग्रेसका मेयर उम्मेदवार नै अगाडि छन् ।

मधेश प्रदेशमा पनि अहिलेसम्म भएको गणनाअनुसार कांग्रेस नै अगाडि देखिएको छ । 

मधेश प्रदेशका १६ स्थानीय तहमा कांग्रेसले जित निकालिसकेको छ । यो प्रतिशतको आधारमा ४० प्रतिशत हो । मधेश प्रदेशका मतगणना सम्पन्न भइसकेको पालिकामा नेकपा एमाले अहिले दोस्रो स्थानमा रहेको छ । उसले त्यहाँका ९ पालिकामा नेतृत्व पाएको छ । यो प्रतिशतका आधारमा हेर्ने हो भने २२.५ प्रतिशत हो ।

अरु प्रदेशमा तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मधेश प्रदेशमा भने अहिले चौथो नम्बरमा छ । उसले ४ स्थानमा नेतृत्व पाएको छ । जनता समाजवादी पार्टी चाहिँ मधेश प्रदेशमा तेस्रो स्थानमा छ । उसले ७ स्थानमा पालिका प्रमुख जितिसकेको छ ।



मधेश प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले पनि २ स्थानमा पालिका प्रमुख जितिसकेको छ ।

मधेश प्रदेशको सम्पूर्ण नतिजा आइसक्दा जनता समाजवादी पार्टीले पहिलो स्थान लिनसक्ने अनुमान गरिएको छ । अहिलेसम्मको मत गणनाअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले चाहिँ एक स्थानमा पनि नेतृत्व लिन सकेको छैन ।



  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १७:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया