प्रधानसेनापति शर्मा-फ्रान्सका कार्यवाहक राजदूत भेटघाट

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवराड्जलोउबीच जंगीअड्डामा भेटघाट भएको छ । 

प्रधानसेनापति शर्माको कार्यकक्षमा आज भएको उक्त भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैरआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटवार्तापश्चात् फ्रान्सका गैरआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीले सैनिक इन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर थापा तथा विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथि यामप्रसाद ढकालसँग भेटघाट गरेका थिए । 

उनीहरुले महाराजगञ्जस्थित प्यारा तालिम शिक्षालयको अवलोकन भ्रमणसमेत गरेको निर्देशनालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १७:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया