महोत्तरीको मनरा सिस्वामा कांग्रेसका मेयर र उपमेयर निर्वाचित

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । 

कांग्रेसका मोहन पाण्डे ५ हजार ८८४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र रायले ४ हजार ९२० मत ल्याएका छन् । 

यस्तै, उपमेयरमा कांग्रेसकै शकुन्तलादेवी निर्वाचित भएकी छन् । उनले ५ हजार ७४५ मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी निर्मलाकुमारी सिंह देवीले ४ हजार ८४२ मत ल्याएकी हुन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १७:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया