वडा नम्बर २८ः ४ सय मत गनियो, स्थापित बालेनभन्दा ४ मतले अगाडि
फरकधार / ४ जेठ, २०७९

काठमाडौंको वडा नम्बर २८ मा ४ सय मत गनिएको छ । 



अन्य वडामा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अन्य दुई प्रतिस्पर्धीलाई पछाडि छाड्दै आएका थिए । तर, वडा नम्बर २८ मा स्थापित केही अगाडि देखिएका छन् । 

२८ नम्बर वडाका ४ सय मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९ मत पाएका छन् । बालेनले १०५ मत पाएका छन् ।



त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ७१ मत मात्र पाएकी छिन् ।



  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १७:३१:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया