धनगढी उपमहानगरका स्वतन्त्र उम्मेदवार हमाल ६४१२ मतले अगाडि

कैलालीको धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । २६ हजार चार सय १९ मत गन्दा उनले १२ हजार तीन सय चार मत पाएका छन् । 

उनी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ६ हजार ४१२ मतले अगाडि रहेका हुन् । गठबन्धनबाट कांग्रेसका उम्मेदवार वडले ५ हजार ८९२ मत पाएका छन् । नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत  पाएका छन् ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मतका साथ अग्रता लिइरहेकी छन् । एमालेकी कन्दकला रानाले रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन् । 

अहिलेसम्म वडा नम्बर १, २, ३, ४ १८ र १९ को मतगणना सम्पन्न भएको छ । अहिले ५, १५, १६ र १७ नम्बर वडाको मतगणना जारी रहेको छ । 

उपमहानगरमा १९ वडा हुन् । बुधबार साँझसम्ममा २६ हजार ४१९ मतगणना भएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १८:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया